सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ असोज । सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनामाबाट ७.७ प्रतिशत बोनस दिने निर्णय गरेको बताइएकाे छ ।

यस्तै ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने बैकठबाट निर्णय भएकाे ५ । बैंकका अनुसार ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ बराबरको बोनस दिईने भएको छ भने २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ नगद लाभांश दिईने भएको हाे ।

बैंकको वार्षिक साधारण सभाले लाभांश वितरणको प्रस्तावलाई पारित र नेपाल राष्ट्र बैंकले त्यसलाई अनुमोदन गरेपछि वितरण गरिने भएको छ । गएको वर्ष बैंकले १२ प्रतिशत बोनस तथा ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।