
काठमाडौं, ४ कात्तिक। नेपालमा गएकाे २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा १३ हजार ६ सय ६१ पिसिअार टेष्ट गरिएको हाे ।
काठमाडौं उपत्यकामा मात्र १ हजार ७ सय २ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना संक्रमित हुन्।
हाल सक्रिय संक्रमित संख्या ४१ हजार ७ सय ५५ पुगेकाे छ। हाल क्वारेन्टाइनमा ४ हजार २ सय २० जना बसेका छन्। संस्थागत अाइसाेलेसनमा १३ हजार ५ सय ५९ र हाेम अाइसाेलेसनमा २८ हजार १ सय ९६ छन्। अाइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ७८ जनाकाे उपचार भइरहेकाे छ।
त्यस्तै २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। याे सहित नेपालमा कोरोना मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ। निकाे हुने दर ६९ दशमलब ४ रहेकाे छ।
५ सय बढि संक्रमित रहेका जिल्लामा कास्की समेत समेटिएकाे छ । शून्य संक्रमित रहेकाे एकमात्र जिल्ला मुस्ताङ हाे ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मृतककाे शव व्यवस्थापन नेपाली सेनाले गर्ने विषयमा फेरबदल नभएको प्रष्ट पारे ।
साथै, सरकारले देशभर २६ सय अाइसियू संचालनमा ल्याएकाे र थप ४ सय निर्माण गरिरहेकाे उनले जानकारी दिए।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



