
काठमाडौं, ५ कात्तिक। नेपालमा गएकाे २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा २० हजार १ सय १८ पिसिअार टेष्ट गरिएको हाे ।
काठमाडौं उपत्यकामा मात्र ३ हजार १ सय ७ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जना संक्रमित हुन्।
हाल क्वारेन्टाइनमा ४ हजार ६ सय ६५ जना बसेका छन्। संस्थागत अाइसाेलेसनमा १४ हजार ६ सय ७६ र हाेम अाइसाेलेसनमा २९ हजार ८ सय छन्। अाइसियुमा २ सय ६९ र भेन्टिलेटरमा ८७ जनाकाे उपचार भइरहेकाे छ।
त्यस्तै २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। याे सहित नेपालमा कोरोना मुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ। निकाे हुने दर ६८ दशमलब ७ रहेकाे छ।
५ सय बढि संक्रमित रहेका जिल्लामा माेरङ, झापा, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर , सुनसरी, मकवानपुर , चितवन, रूपन्देही , दाङ, सुर्खेत, बाँके, कैलाली, डडेल्धुरा छन्। शून्य संक्रमित रहेकाे एकमात्र जिल्ला मुस्ताङ हाे ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



