शिवम् सिमेन्टको लाभांस सुरक्षित गर्ने समय कात्तिक १२ सम्म

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । शिवम् सिमेन्टका शेयरधनीहरुले कात्तिक १२ गतेसम्म लाभांश सुरक्षित गर्नसक्ने भएका छन् । कम्पनीको वार्षिक साधारण सभा कात्तिक २४ गते बोलाईएको छ । कम्पनीले कात्तिक १३ गते बुक क्लोज गर्ने भएकोले कात्तिक १२ गतेसम्म लाभांंश सुरक्षित गर्ने समय बाँकि रहेको छ ।

कम्पनीले साधारण सभाबाट पारित भएपछि आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट २४.२१ प्रतिशत लाभांश वितरण गर्नेछ । यसका लागि कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार खर्च गर्ने भएको छ । गएको वर्ष कम्पनीले १५.७८ प्रतितश लाभांश वितरण गरेको छ ।