स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ११.८४ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ११.८४ प्रतिशत लाभांश दिने बिहिबारको सञ्चालक समिति बैठकले निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट ७ प्रतशित बोनस तथा करसहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको आगामी साधारण सभाबाट पारित भएपछि तथा राष्ट्र बैंकले स्वीकृत गरेपछि लाभांश वितरण हुनेछ ।