
काठमाडौँ, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।
ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक सङ्कटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासङ्घमा दरिलो नेतृत्व आवश्यक रहेको बताए । आज काठमाडौँमा उनको टिमका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तक्र्रियामा उनले भने, “कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौँ र अझै हामीलाई के–कस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन ।
देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइ राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ । सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको र महासङ्घको आगामी नेतृत्वले मुलुकको जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ढकालले बताए । महासङ्घको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासङ्घको गौरवपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उनले भने, “महासङ्घको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्छ ।”
महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासङ्घको नेतृत्वले काम गर्नुपर्ने उपाध्यक्ष ढकालले बताए । नेतृत्व सङ्कटको समयको सारथी हो र यस्तै दुःखका बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासङ्घको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने बताए । प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टिमका सबै साथीलाई आग्रह गरे । आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकाले महासङ्घको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने दावि गरे ।
कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफी नहुने बताउँदै, ढकाललदे त्यसका लागि महासङ्घको नेतृत्वमा सही र सक्षम व्यक्ति चयन गर्ने उपयुक्त अवसर आएको बताए । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न, व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नसक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासङ्घलाई ठूला उद्यमीको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने बताए । अन्तक्र्रियामा ढकाल समूहका उम्मेदवार उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति रहेकाे थियो ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



