घट्यो सुनको मूल्य, तोलामा कति ?

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार ९२ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रहेको महासंघले जनाएको छ ।