मितेरी डेभलपमेन्ट बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । मितेरी डेभलपमेन्ट बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले प्रप्त गर्ने छन् ।