आज सुनको मूल्यमा सामान्य गिरावट

-



     सफल आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार ९२ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रहेको महासंघले जनाएको छ ।