सुनको मूल्य बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा  १५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।