आदर्श समाजको सम्पादकमा कोइराला नियुक्त

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ मंसिर । आदर्श समाज राष्ट्रिय दैनिकको सम्पादकमा पत्रकार भरत कोइराला नियुक्त भएका छन् । कोइराला लामो समयदेखि पत्रकारितामा क्रियाशिल व्यक्तित्व हुन् । कोइरालालाई बिहीबार आदर्श समाजको व्यवस्थापनले सम्पादकमा नियुक्त गरेको हो ।

कास्कीको पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिक गण्डकी प्रदेशको लोकप्रीय तथा प्रतिष्ठित पत्रिका हो । पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला र प्रबन्ध निर्देशक अमृत बास्तोलाले उनको स्वागत गर्दै पत्रिकाले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गरे ।

नवनियुक्त सम्पादक कोइरालाले झण्डै २ दशकदेखिको पत्रकारिता अनुभवले पत्रिकाको गरिमालाई अझ माथि उठाउने प्रतिबद्धता व्यक्त गरे । स्याङ्जा जिल्ला स्थायी घर भएका कोइराला २०५८ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।

अन्नपूर्ण पोष्टबाट पत्रकारिता थालेका उनी यसअघि पोखराको समाधान राष्ट्रिय दैनिकमा कार्यकारी सम्पादक तथा दी हिमालयन्स टाइम्स पोखराको व्यूरो चिफ थिए । आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका कोइराला पोखराको भद्रकाली बहुमुखी क्याम्पसमा अध्यापन गराउँछन् ।