यस्तो छ आजको सुनचाँदीको मूल्य

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा शुक्रबार, शनिबार र आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रहेको महासंघले जनाएको छ ।