जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा सिग्देलको उम्मेद्वारी

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २८ मंसिर । नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा भकुण्डेबेसी जेसिज काभ्रेका पुर्व अध्यक्ष रूकमणी सिग्देलले उम्मेद्वारी दिएकी छन । बुटवलको भलबारीमा पुस १ गतेदेखि ४ गते सम्म आयोजना हुने जेसिजको ४७ औ महाधिवेशनमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा सिग्देलले उम्मेदवारी दिएकी हुन । अधिवेशनमा नेपालभरिका १६१ शाखाका जेसिज पदाधिकारीहरुले भाग लिनेछन् ।

रूकमणी सिग्देल नेपाल जेसिजमा परिचित नाम हो । उनले सन २०१८ मा भकुण्डेबेशी जेसिजका अध्यक्ष, सन २०१९ मा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष र सन २०२० मा नेपाल जेसिजको क्षमता अभिवृद्धि समिति राष्ट्रिय संयोजक समेत रहेर काम गरिसकेकी छन ।

शिक्षासेवी, सफल व्यवसायी, साहित्यकार एवं सामाजिक अभियन्ताको रूपमा आफ्नो पहिचान बनाएकी सिग्देलले शिक्षा शास्त्रमा स्नातकोत्तर र कानुन शास्त्रमा स्नातक गरेकी छन् । सन् २०१८ मा भकुण्डेबेशी जेसिजको अध्यक्ष हुँदा उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित सिग्देलले जेसिआई नेपाल एकेडेमी, टट् जस्ता थुप्रै तालिमहरु लिई सक्षम लिडर हुनको लागि चाहिने योग्यता हासिल गरेकी छन् ।

जेसिजको विभिन्न कार्यक्रमको शिलशिलामा देशका विभिन्न ठाँउका साथै विदेशका कार्यक्रमहरुमा पनि सहभागिता जनाएकी सिग्देलले जेसिजका अलवा अन्य आधादर्जन संघसंस्थाको नेतृत्व गरिसकेकी छिन् । महाधिवेशनबाट देशभरका ४ क्षेत्रमा ४ जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निर्वाचित हुने छन ।