मुक्तिनाथ विकास बैंकको “मुक्ति भाई” नयाँ ब्राण्ड मस्कट सार्वजनिक

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्ना विभिन्न सेवा, सुविधा, प्रोडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त रुपमा एक कार्यक्रमबीच बैंकको मस्कट सर्वजानिक गरिएको हो । कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जनाएकाे छ । यस्तै मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था मिलाईएको बताइएकाे छ ।

मुक्तिनाथ विकास बैंकले हाल देशका १३८ वटा शाखा कार्यालयबाट सेवा दिदैं आएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले एक बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।