
काठमाडौं, २९ मंसिर । चर्चित व्यवसायिक घराना गोल्यान समूहको ‘माटो ब्राण्ड’ले काठमाडौं र ललितपुरमा आफ्नै स्टोर (बिक्री केन्द्र) सञ्चालनमा ल्याएको छ । केहि वर्षयता झापामा संयौ विगाहा जमीनमा अर्गानिक ृकषि खेति गरिरहेको गोल्यानस समूहले कृषि उत्पादनहरुको ब्राण्डिङका लागि माटो ब्राण्ड स्थापना गरेको थियो ।
उक्त ब्राण्डबाट भाटभटेनी सुपरमार्केट, सेल्सवेरी र विगमार्टमा पनि माटोले आफ्ना उत्पादनहरु उपलब्ध गराउँदै आइरहेकोमा अब आफ्नै स्टोबार बिक्री गर्न थालेको हो । माटो ब्राण्डले ललितपुरको कुपण्डोल र काठमाडौंको बुडानिलकण्ठस्थित नारयणथानमा बिक्री केन्द संचालनमा ल्याई विक्री बितरण थालेको छ ।
विषादीमुक्त कृषिजन्य उत्पादनलाई हरेक नेपालीको भान्सासम्म पुर्याउने उद्देश्यका साथ अर्गानिक उत्पादन र बिक्री वितरण सुरु गरेको माटोले आफ्नै बिक्री केन्द्रमार्फत सेवा सुरु गरेको बताएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



