प्रभु लाइफको आईपीओमा आजबाट आवेदन दिन सकिने

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणले आजबाट आवेदन दिन सक्नेछन् । कम्पनीले आजबाट सर्वसाधारणका लागि ५४ लाख कित्ताका लागि आवेदन खुलाएको हो ।
कम्पनीको प्रतिशेयर १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन हुन लागेको छ । जसमध्ये ३ लाख कित्ता शेयर कर्मचारीका लागि र ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि रहेको छ ।

हिजोआज शेयरमा आकर्षण निकै बढेको देखिएको छ । कतिपय कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन पर्ने गरेकोमा प्रभुको आईपीओ निष्काशनमा पनि उस्तै दृश्य देखिने पक्का छ। प्रभु इन्स्योरेन्सको शेयर खरिद गर्न चाहने खरिदर्ताले घटीमा १० तथा बढीमा ५ हजारसम्मको शेयर खरिद गर्न सक्ने भएका छन् ।

शेयर खरिदकर्ताहरुले आज मंसिर २९ देखि पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा शेयर बिक्री नभएको खण्डमा पुस १३ गतेससम्म ओवेदन गर्न सकिने भएको छ । चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको प्रभुको शेयर बिक्री भएपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।