दाङमा गुडिरहेको बसमा आगलागी

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



तुलसीपुर, २९ मङ्सिर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको प्रहरीले बताएकाे छ ।

बसमा १६ जना यात्री रहेका र उनीहरू सकुशल रहेका छन् । आज बिहान ६ बजेतिर तुलसीपुरको बखरियामा बसमा आगलागी भएकाे हाे । बस जलेर नष्ट भएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताएका छन् ।फाेटाेःसांकेतिक