सुनको मूल्य घट्यो, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नेपाली बजारमा लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ । आइतबार ९२ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रहेको महासंघले जनाएको छ ।