कृषि विकास बैंकद्वारा १५ प्रतिशत लाभांस वितरणको घोषणा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मंसरि । कृषि विकास बैंक लिमिटेड संचालक समितिको आज बसेको ८५३ औं बैठकले शेयरधनीहरुलदाई १५.७८९५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७६/२०७७ मा कमाएको नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कृषि विकास बैंकको लाभांस वितरणको प्रस्तावलाई केन्द्रीय बैंकले स्वीकृति दिएपछि तथा बैंकको आगामी साधारण सभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण गरिने जनाईएको छ । यस्तै सरकारको अग्राधिकार शेयरको लागि बैंकले ६ प्रतिशतको हिसाबले हुन आउने नगद लाभांस पनि वितरण गर्ने भएको छ ।