सुनको मूल्य घट्यो, चाँदी स्थिर

-



     सफल आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार ९२ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रहेको महासंघले जनाएको छ ।