भरतपुर, १ पुस । देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ । रु. पाँच करोडमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पाँच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् ।
भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २० लाख, वाग्मती प्रदेशबाट २० लाख र वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेका छन् । प्रतिष्ठानका महासचिव रामेश्वरप्रसाद खनालले भवनमा कन्या गुरुकुलम सञ्चालन गरिने लक्ष्य रहेको बताए ।
उनका अनुसार १०८ जनालाई आवासीय रुपमा गुरुकुल शिक्षा दिने योजना रहेको छ । ‘वेद, भागवत, शास्त्रको ज्ञाता र संस्कारसहितको शिक्षा दिन भवन सहयोगी हुनेछ’, उनले भने,“स्रोत जुटेमा भवनको सबै संरचना छिट्टै बनाइनेछ ।”उनले यो वर्ष भवनको पहिलो तला निर्माण सक्ने लक्ष्य रहेको बताए । रामजानकी बालिका आश्रममा हाल ३२ जनाले आवासीय सुविधा लिएका छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ बालिकालाई परिवारको खोजी गरी परिवारमा पुनःस्थापना गरिएको बताए ।
आश्रममा १५० भन्दा धेरै दैनिक भोजन गराउने अभिभावकका रुपमा सूचीकृत भइसकेका छन् । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गरेको टण्डनले बताए । आश्रममा २१ जिल्लाका बालिका आश्रित छन् ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



