आज सुनकाे मूल्य प्रतिताेला १०० ले वृद्धि

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ९ पुस । आज सुन प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएकाे छ ।

छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ ।