मल्टिपर्पसका संस्थापकले किनेनन् हकप्रद, १७ गतेबाट लिलामी हुँदै

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० पुस । संस्थापकहरुले हकप्रद सेयर खरिद नगरेपछि मल्टिपर्पस फाइनान्स कम्पनीले लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको सेयर लिलामी गर्न लागेको हो ।

कम्पनीले दिएको जानकारी अनुसार १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

यस संस्थापक समूहको सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा माघ २ गतेसम्म मात्र लिलामी भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।