प्रभु क्यापिटलद्धारा अटोमेटिक सेनिटाईजर मेशिन सहयोग

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडाैं, १० पुस । प्रभु क्यापिटल लिमिटेडले अटोमेटिक सेनिटाईजर मेशिन सहयोग गरेको छ । प्रभु क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवनरक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा आज अटोमेटिक सेनिटाईजर मेशिन जडान गरी हस्तान्तरण गरेको जनाएको छ ।

जसबाट कोभिड–१९ को जोखिम न्यूनिकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गएर कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन ।

प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्र्तगतका यस्ता कार्यहरु गर्दै आएको र भविष्यमा समेत यस्ता सामाजिक दायित्वका कार्यहरु गरिरहने प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए ।