एभरेष्ट, प्रभु र नेपाल बंगलादेश बैंकको शेयरमूल्य समायोजन

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीप्न कमर्सीयल बैंकको शेयरमूल्य समायोजन गरेको छ । भोलि आइतबारबाट कारोबार हुने गरी एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल बंगलादेश (एनबी) बैंक शेयरमूल्य समायोजन भएको हो ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश तथा साधारण सभा प्रयोजनका लागि चारवटै कम्पनीले शुक्रबार बुकक्लोज तोकेका थिए । बुकक्लोजसँगै नेप्सेले बोनस शेयरमा शुक्रबार शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेका अनुसार एरभेष्ट बैंकको ५ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार ७१५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा ५ प्रतिशत बोनस समायोजन भएको हो ।

यसैगरी प्रभु बैंकको १० प्रतिशत बोनसपछि प्रतिकित्ता ३४१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार ३७५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा १० प्रतिशत बोनस समायोजन भएको हो ।

नेपाल बैंगलादेश बैंकको पनि शुक्रबार नै शेयरमूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनसपछि प्रतिकित्ता २५० रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार २६५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा ६ प्रतिशत बोनस समायोजन भएको हो ।