सवारीचालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



पोखरा, ११ पुस । लामो समय रोकिएको सवारीचालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग सवारी शाखाले सूचना जारी गर्दै पुस १४ गते मंगलबारदेखि कोभिड–१९ विरुद्ध स्वास्थ्यसम्बन्धी मापदण्डहरु परिपालना गर्ने गरी सवारीचालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरिने जानकारी गराएको हो ।

कोरोनाका कारण गत चैत १० देखि सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय अनुसार सो सेवा पनि बन्द भएकोले सर्वसाधारण मारमा परेका थिए ।