
सियोल, १० मङ्सिर । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा पुर्याएको छ । मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालिएका बैङ्कल जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) को मागका कारण निर्यात रेकर्ड उच्च तहमा पुगेपछि बैङ्कले आर्थिक वृद्धिदरको प्रक्षेपण पनि बढाएको छ ।
कोरियाली केन्द्रीय बैङ्कले ऋण लागत २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पु¥याएको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो र मुद्रास्फीति दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि रहेका बेला यो निर्णय आएको हो । गत महिना उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत रह्यो । अस्थिर खाद्य र ऊर्जा खर्च हटाएर निकालिने मूल मुद्रास्फीति पनि त्यति नै रहेको छ ।
अधिकारीहरूले एशियाको चौथो ठूलो अर्थतन्त्रले यस वर्ष ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अपेक्षा गरेका छन् । एआईसम्बन्धी चिप्सको बलियो निर्यातका कारण यो सम्भव भएको हो । “मध्यपूर्वमा तनाव कायमै रहे पनि विश्व अर्थतन्त्र एआईमा भएको बलियो लगानीका कारण ठोस वृद्धि प्रवृत्ति कायम राख्ने अपेक्षा छ,” बैङ्कले भनेको छ ।
यसैबीच ऊर्जा मूल्य वृद्धिले प्रभाव फराकिलो बनाउँदै गएका कारण मुद्रास्फीति केही समयसम्म उच्च नै रहने प्रक्षेपण छ ।






काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार…
नयाँ दिल्ली, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव… 



