महासङ्घ कर्णाली अध्यक्षमा शाही

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



कर्णाली, १२ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । सम्पन्न महासङ्घ कर्णाली प्रदेश समितिको निर्वाचनका लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो । शाहीकाे अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए ।

अधिकृत बस्नेतका अनुसार समितिका उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार ९ जिल्ला–नगरबाट० सुर्खेतका प्रकाश उप्रेती ९एशोसियटबाट० र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका छन् । एसोसियट सदस्यमा झविराज खत्री र सीताराम कार्की यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला नगरका पाँच सदस्यमा कविराज कँडेल (सुर्खेत), कर्णबहादुर खत्री (जाजरकोट), दीपकराज खड्का (रुकुम पश्चिम), कृष्णप्रसाद कोइराला (दैलेख) र नामग्याल तामाङ (हुम्ला) निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले बताए । उनका अनुसार प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।