आइतबार सुनको मूल्य स्थिर

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको पहिलो दिन आइतबार आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९४ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज पनि ९४ हजार २०० रूपैयाँमा नै कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबि सुन प्रतितोला ९३ हजार ७०० रूपैयाँमा कारोबार भएको । यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भएको संघले जनाएको छ । शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुन आज प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भएको छ ।