
पोखरा, १३ पुस । सरकारले संसद् विघटन गरेको विरोधमा नेपाली काँग्रेसले आज कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।
कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा जिल्लाका ३ निर्वाचन क्षेत्रमा फरक फरक प्रदर्शन गरिएको हो । कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को पोखरा जिरो किलोमिटर तथा हरिचोकबाट प्रदर्शन सुरु गरिएको थियो ।
क्षेत्र १ को तालचोकमा, २ को सिमलचौरमा र ३ को बागलुङ बसपार्कमा विरोध सभा भएको थियो । वक्ताहरुले ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस सडकमा आएको बताएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्को विघटनको असंवैधानिक कदम, सरकारका पछिल्ला गतिविधिको बिरुद्ध र संविधानको रक्षाको लागि विरोध प्रदर्शन गरेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार क्षेत्रगत रुपमा प्रदर्शन गरिएकोमा सम्बन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी थिए । उनले सबैले अहिले सर्वोच्चको फैसला कुरिरहेको उल्लेख गरे ।
काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ मा पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम समेत गर्ने कास्की काँग्रेस प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



