नेकपा संसदीय दलको छुट्टाछुट्टै बैठक

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ पुस । गण्डकी प्रदेशमा नेकपा संसदीय दलको २ फरक बैठक बोलाइएको छ । नेकपाका ओली निकट र प्रचण्ड–माधव निकट पक्षका सांसदको छुट्टाछुट्टै बैठक बोलाइएको हो ।

प्रदेशसभाका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रचण्ड–माधव पक्षको बैठक जारी रहेको जनाए । उनका अनुसार सभामुखबाहेक बैठकमा पूर्व माओवादीका १२ सांसदमध्ये सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादा हिसाबले उपस्थित छैनन् ।

उता, ओली पक्षको प्रदेश कमिटिको बैठक जारी छ । बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रतिनिधिसभा विघटन असर अन्य प्रदेशमा झैं गण्डकीमा पनि देखिएको छ ।

प्रदेशमा मुख्यमन्त्रीविरुद्ध तत्काल अविश्वास प्रस्ताव आउने सम्भावना कम छ । ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको समर्थन छ । गण्डकीमा नेकपा ओलीनिकट २७, नेकपाको अर्को पक्षका १३, काँग्रेस १५, जनमोर्चा ३ र जसपाका २ सांसद छन् ।