प्रदेश १ मा नेकपा बिवादः शेरधनलाई हटाएर आचार्य बने दलको नेता

-



     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ पुस । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।