गण्डकीमा थप ५४ जनामा कोरोना सङ्क्रमण, ७४ निको

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



गण्डकी, २० पुस । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसबाट सङ्क्रमण भएकाे पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ ।

योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षीय पुरुष छन् ।

योसँगै हालसम्म गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।