गैंडाको आक्रमणबाट मृत्यु

-



     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित



चितवन, २१ पुस । गैंडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ ।

स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैंडाले आक्रमण गरेको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।