बनेपा, २२ पुस । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको सहभागिता थियो । तालिम ३ दिन चलेकाे थियाे ।
तालीमको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले कर्मचारीले कार्यान्वयन गर्ने भएकाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई तालीमले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगरपालिकाले विगतमा पनि कर्मचारीलाई क्षमता विकासका लागि तालीम प्रदान गरिएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालीमले कर्मचारीमा अध्ययनको दायरा बढाउने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायण अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नमोबुद्ध नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिएका हुन्।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



