
पोखरा, २३ पुस । फुडमाण्डुले पोखरामा सेवा विस्तार गरेको छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले काठमाण्डौमा आफ्नो सेवा विस्तार गरेको १० औं बर्षगाँठको अवसरमा पोखरामा सेवा विस्तार गरेको हो ।
कम्पनीले १० जना कर्मचारीबाट सेवा संचालन गरेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजिङ डिरेक्टर मनोहर अधिकारीले बताए । गुणस्तरिय खानेकुराहरु अनलाइन बुकिङमार्फत घरमा नै उपलब्ध गराउने अधिकारीले बताए ।
जनवरी ३१ तारिखसम्म कम्पनीले पोखरेलीहरुको लागि ३० प्रतिशत सम्मको छुट दिने घोषणा गरेको छ । विभिन्न परिकारका लागि ग्राहकले अनलाइनमार्फत, फोन तथा यप्समार्फत समेत अर्डर गर्ने सक्नेछन् । उनले भने, “पोखरामा हाल ३० वटा होटल तथा रेष्टुरेण्टहरुसंग सहकार्य भएको छ ।” बजार मूल्यमै आफुहरुले पोखराको लेकसाइड वरपर ७ किलोमिटरको दुरीसम्म खानेकुराको होम डेलीभरी दिने अधिकारीले बताए ।
कम्पनीले काठमाण्डौंमा ६ सय वटा होटल तथा रेष्टुरेण्टहरुसंग सहकार्य गरेको छ । २ सय ५० जना राइडर मार्फत सेवा संचालन गर्दै आएको सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले बताए । कोरोनाको कहरका वेला अनलाइन बिज्नेश निकै फष्टाएकोले पहिलो सेवा विस्तार गर्ने क्रममा पोखराबाटै सुरु भएको उनले बताए ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



