बाबुले घरमा आगो लगाउँदा २ छोराको मृत्यु

-



     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ पुस । कालीकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा २ छोराको जलेर मुत्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका २ छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र ७ वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का ४ वर्षीय छोरा खगेन्द्र भने घाइते भएको प्रहरीले जनाएको छ ।