प्रदेश सरकारको सत्ता समीकरण पर्ख र हेरको अवस्थामा: दवाडी

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



पोखरा, ५ माघ । गण्डकी प्रदेश काँग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले प्रदेश सरकारको सत्ता समीकरणको लागि पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले प्रतिनिधिसभा विघटनको बारेमा सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताए ।

जनताले नेकपालाई ५ वर्षका लागि सत्ता चलाउन दिएको हुँदा काँग्रेस तत्काल सरकार ढाल्ने पक्षमा नभए पनि काँग्रेसबिना सरकार नबने अवस्था रह्यो भनेमात्र सोच्नुपर्ने बताए ।

नेकपाले जनताका नाममा संघीयता मारेर जनताकै अपमान गर्दा काँग्रेस खुसी हुने ठाउँ छैन भन्दै उनले नेकपा आफै सिद्धिएको छैन, एउटा व्यवस्था नै सिद्धिएको छ । राजनीतिप्रति जनताको विश्वास गुमेको छ ।

गण्डकीमा ६० सांसदमध्ये ४० जना नेकपा, १५ काँग्रेस, ३ जना राष्ट्रिय जनमोर्चा र २ जना जसपाका छन् । नेकपाका ४० मध्ये २८ जना ओली निकट र १२ जना प्रचण्ड–माधव पक्षधरका मानिन्छन् ।

गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य दवाडीले १ वर्ष अवधिमा आफूले प्राप्त गरेको करिब ९ लाख रुपैयाँ तलबभत्ता विभिन्न २८ शीर्षकमा खर्च गरेको जानकारी दिए ।

तलबभत्ता विभिन्न २८ शीर्षकमा: