प्रदेश १ को प्रदेशसभा बैठक स्थगन

-



     सफल आवाज    
     माघ ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ माघ । प्रदेश १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन स्थगन भएको छ ।प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक बुधबार अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

बैठकको ३ मिनेटपछि सभामुखले अर्को सूचना जारी नहुँदासम्म स्थगन भएको सुनाएका थिए ।