
पोखरा, ७ माघ । सिद्धि सेतुली प्रतिष्ठान, पोखराले महिला उद्यमी हीरा भट्टराई र शिक्षिका प्रमिला थकालीलाई पुरस्कृत गरेको छ ।
आमा सेतुलीमाया शाक्यको १४ औं वाार्षिकी तथा सानीमाको तेस्रो वार्षिकी स्मृतिमा प्रतिष्ठानले सिद्धि सेतुली स्मृति पुरस्कारबाट महिला उद्यमी हीरा भट्टराई र सानिमा स्मृति पुरस्कारबाट शिक्षिका प्रमिला थकाली पुरस्कृत गरेको हो । दुवै पुरस्कारको राशी १५ हजार रहेको छ ।
पोखरामा बुधबार आयोजित समारोहमा पश्चिमाञ्चल सहपरीक्षा नियन्त्रक मीना गुरूङले सम्मान अर्पण गर्दै कामको क्षमतासँगै फरक क्षमता भएर समाज परिवर्तनमा सम्मानित दुवैको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
हरेक वर्ष अर्पण गर्दै आएको यस पुरस्कारलाई निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गर्दै प्रतिष्ठान अध्यक्ष अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलाले समाज र राष्ट्रका निम्ति आफ्नो क्षेत्रमा रहेर योगदान पुर्याउने सम्मानित दुवैको योगदान अतुलनीय रहेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिष्ठानबाट गरिएको सम्मान समावेशी ढंगको भएको बताए ।
सम्मानित व्यक्तित्व हीरा भट्टराईले आर्थिक पाटोलाई दह्रिलो बनाउने उद्देश्य सहित सानै लगानीमा घरपरिवारको हौसलाले उद्यम क्षेत्रमा सक्रिय भएको बताउँदै सम्मानबाट झनै उत्प्रेरणा थपिएको बताइन् ।
अर्की सम्मानित व्यक्तित्व गण्डकी बहिरा संघका उपाध्यक्ष प्रमिला थकालीले सांकेतिक व्यक्तिहरु कोही पनि कमजोर नरहेको बताइन् ।
प्रतिभा छनोट समिति संयोजक अग्रज पत्रकार नारायण कार्कीले सम्मानित व्यक्तित्वहरूको परिचय दिएका थिए ।
संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले प्रतिष्ठानले हालसम्म सिद्धि सेतुली स्मृति पुरस्कारबाट ६ जना र सानिमा स्मृति पुरस्कारबाट १ जनालाई सम्मान गरिसकेको बताए ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



