सामुदायिक प्रहरीमा बोधराज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति

-



     सफल आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित



पोखरा, ११ माघ । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आठौं अधिवेशनबाट बोधराज कार्कीका अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, महासचिव मनपति भण्डारी, कोषाध्यक्ष दानबहादुर बस्नेत, सहकोषाध्यक्ष प्रेम पहारी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, सचिवमा चुनाव भएको हो । जसअनुसार प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र बजगाईं, द्वितीय उपाध्यक्षमा घनश्याम तिमिल्सिना र सचिवमा विष्णु सुवेदीले बाजी मारे ।

सदस्यमा नरेन्द्रप्रसाद आचार्य, विदुरमणि ढुंगाना, विभिषण तिमिल्सिना, ऋषिराम शर्मा पौडेल, उमादेवी बास्तोला, खेमराज पौडेल, आश्विर नेपाली, दोर्जे तामाङ, सिर्जना सापकोटा र गुप्तबहादुर कार्की सर्वसम्मत भए ।