धनबहादुर गायक रहेनन्

-



     सफल आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




पोखरा, १२ माघ । कलाकार धनबहादुर गायकको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा उनको आज बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि धनबहादुर गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार हुँदैआएको थियो ।

यो दाजुको मिर्मिरे आँखा, बेली र चमेलीजस्ता गीतका सर्जक गायक पोखराको बाटुलेचौर निवासी हुन् ।