पत्रकार महासंघ तनहुँका ६ पूर्व अध्यक्ष पुरस्कृत

-


     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित


दमौली, १३ माघ । नेपाल पत्रकार महासंघ तनहुँले १२ औं साधारणसभा अवसरमा संघका ६ पूर्व अध्यक्षलाई पुरस्कृत गरेको छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उनीहरुलाई महासंघमा स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले बताए ।

सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि ५ हजार छ ।

टीकानिधि पुरस्कार–२०७५ बाट विश्वबन्धु भण्डारी र २०७६ बाट प्रदीप काफ्ले पुरस्कृत भए । पुरस्कारको राशि १० हजार छ ।

यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत भए । पुरस्कारको राशि १० हजार छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उनीहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए ।