
नुवाकोट, १५ माघ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला कमिटीको विस्तारित बैठकले बाग्मती प्रदेशका सांसद बद्री मैनालीको अध्यक्षतामा जिल्ला कमिटी पुनः गठन गरेको छ । मैनाली तत्कालीन नेकपा (एमाले) मा जिल्ला उपाध्यक्ष थिए ।
नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु केशव पाण्डे, रामशरण प्याकूरेल, वृन्दा ढुङ्गाना, ठाकुर गजुरेल, विजय लोप्चन र बाग्मती प्रदेशका सचिव खेमप्रसाद लोहनीलगायतको उपस्थितिमा भएको बैठकले अध्यक्ष हीरानाथ खतिवडा र नारायणप्रसाद खतिवडाले प्रभावकारीरुपमा जिम्मेवारी निर्वाह नगरेको जनाउँदै उनीहरुलाई जिम्मेवारीमुक्त गरेको जिल्ला सदस्य माधवप्रसाद तिवारीले बताए ।
बैठकले साविकको जिल्ला समितमा २७१ सदस्य थप गरी ७०२ कायम गरेको छ भने सचिवको चयन आगामी बैठकले गर्ने जनाइएको छ । बैठकले आर्थिक व्यवस्थाको काम व्यवस्थित गर्न बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ । समितिमा तारकेश्वर गाउँपालिकाका उपप्रमुख रमेश वस्ती उपसंयोजक छन्।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



