ग्रीन डेभलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ माघ । पाेखराकाे ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ४.०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संचालक समितिको १५४ औं बैठकले राष्ट्र बैंकको प्रारम्भिक स्वीकृती बमोजिम डेभलपमेन्ट बैंकको शेयर प्रिमियम वापत रहेको रकमबाट चुक्ता पूँजी १.०० प्रतिशतले हुने ५० लाख बोनस शेयर, आर्थिक वर्ष २०७७६/२०७७ को वितरणयोग्य संचित मुनाफाबाट चुक्ता पूँजीको २.८० प्रतिशतले हुने १ करोड चालिस लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै सोहि मुनाफाबाट कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँ नगद लाभांशसहित जम्मा ४.०० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको अन्तीम स्वीकृती तथा बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय भएको बैंकका प्रमख कार्यकारी अधिकृत तथा कम्पनी सचिव उमेशकुमार आार्यले जानकारी दिएका छन् ।