काठमाडौं, २९ माघ । शेयर बजारमा आज दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.११ अंकले घट्यो भने २५२६.९२ अंकमा पुगेर अडियो । नेप्से ०.६३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.६६ अंकले घटेर ४६३.४७ अंकमा पुग्यो ।
आज २०६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर खरिदबिक्री भएको छ भने यसबाट ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार तीन रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार गरेका १२ उपसमूहमध्ये ३ वटा उपसमूहले मात्रै हरियो पाएका छन् । बाँकी ९ वटाले रातो पाएका छन् अर्थात उनीहरुको शेयर घटेको छ ।
आज सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ करोड ६३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



