
काठमाडौं, २९ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रुपैयाँ १०० का दरले २० करोड कित्ता शेयर सूचिकृत भएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि घटीमा ११३ रुपैयाँ ६२ पैसादेखि बढीमा ३४० रुपैयाँ ८६ पैसासम्म कारोबार रेञ्ज दिएको छ । बैंकको शेयर कारोबार गर्नका लागि NIFRA संकेत पाएको छ ।
यसैबीच, आज नेपाल स्टक एक्सचेन्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच धितोपत्र सूचिकरण सम्झौता सम्बन्धी सम्झौता भएको छ । अब बैंकको दोश्रो बजारमा शेयरको कारोबार माघ ३० गतेबाट हुने भएको छ । शेयर सूचिकरण पश्चात दिनुपर्ने आरटीएस सम्बन्धी सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालबाट हुने भएको छ ।







काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



