मंगलबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     फागुन ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ फागुन । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बृद्धि भएर १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको थियो ।