बारा तथा पर्साका लायन्स क्लबद्वारा नारायणी अस्पताललाई भेन्टिलेटर सहयाेग

-



     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



वीरगञ्ज, २० बैशाख । बारा तथा पर्साका लायन्स क्लबहरुले वीरगञ्जकाे नारायणी अस्पताललाई १ थान भेन्टिलेटर सहयाेग गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको बेला अस्पतालमा बेड, आइसियु तथा भेन्टिलेटरको अभाव खट्किदै गएपछि त्याे अभावलाई परिपुर्ति गर्न वीरगञ्ज क्षेत्रका लायन्स तथा लियो क्लब र कलैया, जितपुर सिमरा र गञ्जभवानीपुरमा आवद्ध क्लबहरूकाे सहयोगबाट ७ लाख मूल्य बराबरकाे १ थान भेन्टिलेटर सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियाे।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरेका थिए।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पास्ट इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतान, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश कुमार अग्रवाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार निरौला लगायतको उपस्थिती रहेको लायन्स क्लबका डिस्ट्रिक्ट एड्भाइजर डिएन अग्रवालले जानकारी दिए । भेन्टिलेटर हस्तान्तरण कार्यक्रम आकाश सर्राफको संयोजकत्वमा भएको बताइएकाे छ ।

यसअघि लायन्स क्लबले वीरगञ्ज महानगरपालिकामा अक्सिजन बैंकको स्थापना गरीसकेका छन । महामारीको समयमा सामाजिक  उत्तरदायित्व बहन गर्दै सामाजिक क्रियाकलाप गर्दै आएको लायन अनुप अग्रवालले बताए ।अक्सिजन बैंकको कोर्डिनेटरसमेत रहेका अग्रवालले आगामी दिनमा आवश्यकता अनुसार नारायणी अस्पताल र महानगरपालिकासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने कार्यक्रम संयाेजक आकाश सर्राफले बताए ।