मुक्तिनाथ विकास बैंकको ७.२५ प्रतिशत र मिथिला लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ११ मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड (एमएनबीबीएल) र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। दुवै संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

दुवै संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

लाभांश विवरण तुलना

संस्थाको नामबैठक मितिबोनस सेयरनगद लाभांश (कर सहित)कुल लाभांश
मुक्तिनाथ विकास बैंक (MNBBL)मंसिर १०–७.२५%७.२५%
मिथिला लघुवित्त वित्तीय संस्थामंसिर १०९.५०%०.५०%१०.००%